Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्नेमा उपप्रधानमन्त्री पौडेलको जोड

    योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्नेमा उपप्रधानमन्त्री पौडेलको जोड

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योगको परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

    सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालले आज बिहान जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रमा अर्थमन्त्रीसमेत रहेका उनले श्रमको चरित्र बदलिएसँगै स्वस्थ जीवन र स्वस्थ मनका लागि योगको नियमित अभ्यासको महत्व अझ बढेर गएको बताए ।



    पछिल्लो समय योगको महत्व विश्वव्यापी रुपमा स्थापित हुनु नेपाल र नेपालीका लागि गौरवको विषय रहेको पौडेलको भनाइ थियो ।



    योगलाई विश्वस्तरमा स्थापित गर्न स्वामी रामदेव र आचार्य बालकृष्णले गरेको योगदानको उनले प्रशंसा गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार