Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्नातक तहको परीक्षा साउनमा

    स्नातक तहको परीक्षा साउनमा

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ ।

    स्थगित भएका स्नातक तहका दोस्रो वर्षको परीक्षा साउन ५ गतेदेखि र पुरानो समूहको परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका प्रकाशन गरिएको छ ।



    विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ ।



    कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ ।

    वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ । विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने निर्णय पनि परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

    विशेष अवस्था भएका कारण विश्वविद्यालयले परीक्षा केन्द्र रोज्ने अवसर दिएको हो । सामान्य अवस्थामा परीक्षा केन्द्र सार्न विश्वविद्यालयले बन्देज गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार