Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  •  कोरोनाको दोस्रो मात्रा खोप नलगाए के हुन्छ ?

     कोरोनाको दोस्रो मात्रा खोप नलगाए के हुन्छ ?

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 1.6K
    SHARES

    काठमाडौं। वैज्ञानिकहरूले अझै हरेक कोरोना भाइरस (कोभिड -१९ )खोपका लागि दुई मात्राबीचको अधिकतम अन्तर कति हुनुपर्छ भनेर प्रमाणहरू जुटाइरहेका छन्।

    धेरै बढी अन्तर राख्नु भनेको पहिलो मात्राको असर कमजोर हुँदै जानु हो तर धेरै कम अन्तर राख्नु भनेको तपाईँको प्रतिरक्षा प्रणालीले प्रारम्भिक खोपसँग पूर्ण रूपमा प्रतिक्रिया जनाउन नसक्नु हो।



    विभिन्न सरकारहरूले खोप कार्यक्रमको तालिका कस्तो बनाउने भन्नेमा फरकफरक निर्णय गरेका छन्। उत्पादकहरूका समेत आफ्नै खालका समयसीमा छन्।त्यस्तो अन्तरालका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा एकमत नभए पनि दोस्रो खेप आवश्यक हुनेमा भने समझदारी छ।अध्ययनकर्ताहरूले दोस्रो मात्राबिना सङ्क्रमण बढ्ने मात्र होइन त्यो अरूमा सर्ने सम्भावना पनि उच्च हुने बताएका छन्।



    तर कुनै पनि खोप शतप्रतिशत प्रभावकारी हुँदैन भन्ने बुझ्नु आवश्यक छ।

    अनि दुर्लभ नै भए पनि खोप लगाइसकेपछि पनि कोभिड-१९ लाग्छ र त्यसबाट मृत्यु हुने सम्भावना पनि रहन्छ। जुन ७ सम्ममा अमेरिकामा १३ करोड ९० लाखभन्दा धेरै मानिस पूर्ण रूपबाट कोभिड(१९ को खोप पाइसकेको सीडीसीले जनाएको छ।

    सोही समयमा सबैजसो राज्यमा खोप लगाइसकेपछि पनि ३,४५९ बिरामीहरू अस्पताल भर्ना भएको वा मृत्यु भएको पाइएको छ। छ सय जनाको मृत्युको थियो।कुनै खोप पूर्ण प्रभावकारी हुन एकभन्दा बढी मात्रा चाहिनु सामान्य कुरा हो।

    अमेरिकामा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी) ले बालबालिकालाई पोलियोको चार मात्रा लिन सिफारिस गरेको छ भने दादुरा, गलगाँड र रुबेलाको खोपको पनि दुई मात्रा लिनुपर्छ।

    खोपको पहिलो मात्राले रोगबाट केही सुरक्षा दिने भए पनि दोस्रो मात्रा लगाएपछि उच्च तहको प्रतिरक्षा निर्माण हुन्छ।

    पब्लिक हेल्थ इङ्ग्ल्यान्डले एप्रिल र मे महिनाबीचमा यूकेमा १४,००० व्यक्तिमा गरेको सर्वेक्षणमा फाइजर र आस्ट्राजेनेकको पहिलो मात्रा खोप लिएकामा डेल्टा भेरिअन्टविरूद्ध ३३ प्रतिशत मात्र प्रभावकारिता पाइने देखियो। – बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार