Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओलीको प्रतिगमनकारी कदमबिरुद्द पाँच विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन

    ओलीको प्रतिगमनकारी कदमबिरुद्द पाँच विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमनकारी कदमबिरुद्द पाँच विद्यार्थी संगठनहरुले बिहिबार काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरेका छन् ।

    विपक्षी गठबन्धन दल निकट विद्यार्थी संगठनहरुले आज दिउँसो प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका हुन् ।



    नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।



    कोरोनाभाइरसको संक्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताइन् ।

    गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार