Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘राष्ट्रपति भण्डारी ओलीको कार्यकर्ता बनेर राजाभन्दा बढी हुन खोजिन’

    ‘राष्ट्रपति भण्डारी ओलीको कार्यकर्ता बनेर राजाभन्दा बढी हुन खोजिन’

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 2K
    SHARES

    काठमाडौं । विपक्षी गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो बनेको आरोप लगाएका छन् ।

    नयाँबानेश्वरमा विपक्षी गठबन्धनले शनिबार गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १ सय ४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए ।



    सभापति देउवाले भने–‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे संसद विघटन गरिन् । केपीसँग भन्दा राष्ट्रपतिको भूमिकाप्रति मलाई दुःख लागेको छ । ‘ देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।



    त्यसैगरी शनिबारको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने बताएका छन् । उनले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताए ।

    प्रचण्डले भने– ‘राजाले बनाएको आयोग भङ्ग गरेर लोकतन्त्रलाई साथ दिने अदालतलाई अहिले राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु इज केपी ओली ? ’ अध्यक्ष प्रचण्डले आफूले राष्ट्रपति फालेर राजा ल्याउने नभनेको स्पष्ट पार्दै विद्यादेवी भण्डारी राजाभन्दा बढी हुन खोजेको स्पस्ट पारे ।

    प्रचण्डले अहिले संविधानमाथि निरंकुश प्रहार गरिएको बताएका छन् । उनले भने, देशलाई अप्ठ्यारोमा धकेल्ने प्रयास भइरहेको छ । उनले शासन सञ्चालन गर्नेहरुबाट संविधान मिच्ने काम भएको बताए ।  आफूहरुको लडाइँ प्रधानमन्त्रीको निम्ति नभएको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार