Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनकपुरधाममा विद्यार्थीहरूको प्रदर्शनमा ओली समुहको प्रतिकार , हातपातको प्रयास

    जनकपुरधाममा विद्यार्थीहरूको प्रदर्शनमा ओली समुहको प्रतिकार , हातपातको प्रयास

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं। संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिदैँ प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा जनकपुरधाममा विपक्षी पाँचदलीय गठबन्धनका भातृसंगठनले प्रदर्शन गरेको छ ।

    जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संयुक्त विद्यार्थी संगठनको अगुवाइमा चर्को नाराबाजी भएको हो ।



    संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतका संगठनले शनिबार ओली विरुद्ध प्रदर्शन गरेका हुन् ।



    सो क्रममा प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको भन्दै ओली समूहका राष्ट्रिय युवा संघ धनुषाका कार्यकर्ताले प्रदर्शन प्रतिकार समेत गरेका थिए ।

    संयुक्त विद्यार्थी संगठनको पूर्वनिर्धारित कार्यक्रमअनुसार जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षाकाबीच प्रदर्शनका क्रममा सामान्य झडप भए पनि अप्रिय घटना हुनबाट जोगिएको छ ।

    रेल्वे स्टेसनबाट सुरु गरिएको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएर समापन भएको थियो ।

    समापनका क्रममा ओली समूहका युवाहरुले प्रदर्शनकारीमाथि पटकपटक हातपातको प्रयास गरेका थिए । सो क्रममा सामान्य झडपसमेत भएको थियो  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार