Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • फिल्म निर्माता दाजुभाइको हत्या गर्ने अण्डरवर्ल्ड डन पोखराबाट पक्राउ

    फिल्म निर्माता दाजुभाइको हत्या गर्ने अण्डरवर्ल्ड डन पोखराबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 10K
    SHARES

    काठमाडौं । भारतीय फिल्म निर्माता दाजुभाइको हत्या गर्ने अण्डरवर्ल्ड डन पोखराबाट पक्राउ परेका छन् । भारतको कन्नाडा फिल्म उद्योगका फिल्म निर्माता दाजुभाई उमापाथी र दीपक ग्वादाको हत्याको आरोप लागेका फरार अभियुक्त पोखराबाट पक्राउ परेका हुन् ।

    हत्याको अभियोग लागेका गुण्डा नाइके करिया राजेश यसैसाता पोखराबाट पक्राउ परेका हुन् । स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्यूरोको सहयोगमा पक्राउ परेका गुण्डा नाइके राजेशलाई भारत पठाइसकिएको छ । तर, नेपाल प्रहरीले भने अझैसम्म यसबारे कुनै जानकारी दिएको छैन ।



    भारतीय सञ्चारमाध्यमका अनुसार हत्याको घटनापछि फरार भएका ३७ वर्षे राजेशलाई पोखराको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । फिल्म निर्माता दाजुभाईको हत्याको आरोप लागेर उनीमाथि प्रहरीले खोजी सुरु गरेपछि राजेश नेपाल पसेका थिए । डिसेम्बर २०२० मा कन्नाडाको बिग बजेटको चर्चित फिल्म ‘रोबर्ट’ निर्माण गरेका उमापाथाी र ग्वादाको हत्या भएको थियो । मार्च ११, २०२१ मा उक्त फिल्म रिलिज भएको थियो ।



    प्रहरी अनुसन्धानमा राजेश अण्डरवर्ल्ड डन दाउद इब्राहिमको ग्याङका सार्पसुटर सदस्य रसिद मालबारीका दाहिने हात मानिने बम्बे रविसँग पनि सम्बन्ध रहेको खुलेको छ ।

    राजेशलले पोखरामै बसेर फिल्म निर्माणका लागि भन्दै विभिन्न व्यापारीसँग फिरौती माग्ने गरेको प्रहरीले अनुसन्धानमा खुलेको छ भने ती दाजुभाईको हत्यामा पनि फिल्मको व्यापार मुख्य कारण रहेको प्रहरी छानविनबाट खुलेको छ ।

    द हिन्दू अखबारका अनुसार राजेश र रविले मृतक दाजुभाई फिल्म निर्माताबाट ३० लाख भारु मागेका थिए । पैसा मागेपछि उनीहरुले नदिएको समेत जनाइएको छ । घटनामा आरोपित अन्य ११ जनालाई प्रहरीले पक्राउ गरेपनि बम्बे रवि र राजेश फरार थिए । तर, अहिले राजेश भने नेपालबाट पक्राउ परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार