Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अन्डरवर्ल्ड डन दाउदको सूचना दिनेलाई २५ लाख पुरस्कार घोषणा

    अन्डरवर्ल्ड डन दाउदको सूचना दिनेलाई २५ लाख पुरस्कार घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 879
    SHARES

    एजेन्सी । भारतको राष्ट्रिय अनुसन्धान विभागले अन्डरवर्ल्ड डन दाउद इब्राइमको बारेमा सूचना दिनेलाई २५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।

    इब्राइम ‘डी कम्पनी’ नामक गैरकानूनी ग्याङका सञ्चालक हुन् । यो ग्याङले भारतमा हतियार, विस्फोटक पदार्थ, लागूपदार्थ र नक्कली भारतीय रुपैयाँ तस्कर गर्दै आएको छ ।



    ‘डी कम्पनी’ ले भारतमा विभिन्न समयमा आतकंवादी हमलासमेत गराउँदै आएको छ । अनुसन्धान विभागले दाउदसँगै उनका भाइ तथा निकटत्तम सहयोगी अनिज इब्राइम उर्फ हाजी अनिज,



    जाबेद पटेल उर्फ जाबेद चिक्ना, शकिल शेख उर्फ छोटा सकिल, अब्दुल राजाक मेमोन उर्फ टाइगर मेमोन र इब्रायिम मुस्ताकको नाममा पनि २० लाख र १५ लाख भारु पुरस्कार तोकेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार