Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • दिल्ली प्रहरीको अप्रेशनमा अन्डरवर्ल्ड डन दाउदनिकट लागूऔषध माफियाको मृत्‍यु

    दिल्ली प्रहरीको अप्रेशनमा अन्डरवर्ल्ड डन दाउदनिकट लागूऔषध माफियाको मृत्‍यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। दिल्ली प्रहरीले मुम्बईमा छापा मार्दा एक अन्तर्राष्ट्रिय लागूऔषध माफियाको अग्लो भवनबाट खसेर दर्दनाक मृत्यु भएको छ । मारिएका लागूऔषध माफिया डेभिड नाम गरेका व्यक्ति हुन। डेभिडले डी कम्पनीसँग नजिक मानिने कैलाश राजपुतको काम सम्हाल्ने गर्दथे ।

    छापा मार्ने क्रममा उनी हेलमेट लगाएर डोरीको सहाराले भवनबाट तल ओर्लन खोजिरहेका थिए । तर, डोरीले उनको हात छोड्यो र  सिधै भुइँमा खसे,  जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो । वास्तवमा, दिल्ली प्रहरीको विशेष सेलले लामो समयदेखि अन्तर्राष्ट्रिय ड्रग माफिया डेभिडलाई खोज्दै थियो, जो विदेशमा बसेका कैलाश राजपूतको विशेष सहयोगी मानिन्छ। कैलाश उनै  हुन्, जसलाई मोस्टवान्टेड अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकै नजिक मानिन्छ ।



    प्रहरीलाई डेभिड मुम्बईको मलाडमा लुकेर बसेको ठोस जानकारी प्राप्त भएको थियो। यही सूचनाका आधारमा दिल्ली प्रहरीको स्पेशल सेलको टोली मुम्बई पुग्यो र मङ्गलबार उनको मलाडस्थित फ्ल्याटमा छापा मारेको थियो । त्यही क्रममा घटनास्थलमा रहेका डेभिडले प्रहरीलाई चकित पारेर भाग्ने प्रयास गरेका थिए । उनी हेलमेट लगाएर डोरीको सहाराले अग्लो भवनबाट ओर्लने प्रयास गर्न थाले ।



    त्यसपछि अचानक भुइँमा लडेर उनको मृत्यु भयो। जानकारीका अनुसार मुम्बई निवासी डेभिडले मुम्बई र अन्य शहरहरूमा कैलाश राजपूतको लागूऔषधको कारोबार गर्थे। कैलाशकै आदेशमा डेभिडले दुबई र अन्य देशमा कुरियरमार्फत लागूऔषध पुर्याउने काम गर्दथे।

    दिल्ली प्रहरीले पक्राउ गर्नेलाई एक लाख रुपैयाँ पुरस्कारसमेत घोषणा गरेको थियो । आजतकका अनुसार यदि पुलिसले डेभिडलाई जिउँदै समातेको भए कैलाश राजपुत र डी कम्पनीसँग सम्बन्धित धेरै गोप्य खुलासा हुने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार