Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अन्डरवर्ल्ड डन दाउदका भाइ इकबाल पक्राउ ,डी कम्पनीलाई सक्रिय बनाएको आरोप

    अन्डरवर्ल्ड डन दाउदका भाइ इकबाल पक्राउ ,डी कम्पनीलाई सक्रिय बनाएको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । अन्डरवर्ल्ड डन दाउद इब्राहिमका भाइ इकबाल कासकरलाई भारतको प्रवर्तन निर्देशनालय(ईडी)ले पक्राउ गरेको छ । यसलाई डी कम्पनीमाथि प्रवर्तन निर्देशनालयको ठूलो कारबाहीका रूपमा हेरिएको छ ।

    ईडीले अदालतमा याचिका दायर गरेको थियो, जसमा दाउदका भाइ इकबाल कासकरलाई हिरासतमा राख्न माग गरिएको थियो । दाउद र उनका सहयोगीहरू विरुद्ध चलिरहेको मुद्दाको छानबिनका लागि त्यसो गर्नु आवश्यक भएको बताइएको छ। अब यो निवेदन ठाणे अदालतले स्वीकार गरिसकेको छ । अब कासकरलाई ठाणे जेलबाट हिरासतमा लिइएको छ ।



    उनलाई मुम्बईको पीएमएलए अदालतमा पेश गरिनेछ। यहाँबाट ईडी अधिकारीहरूले उनको हिरासतमा रिमान्डको माग गर्नेछन्।  कासकरमाथि मकोका (महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट) लगाइएको छ ।



    इकबाल कासकरलाई दाउदसँग मिलेर गिरोह (डी कम्पनी) को गतिविधि सञ्चालन गरेको आरोप छ । कासकरले मुम्बईमा डी कम्पनीको अवैध कारोबार हेरिरहेका छन् । भर्खरै दाउद इब्राहिमको ग्याङ्ग डी कम्पनी भारतमा सक्रिय रहेको र यहाँको कानून व्यवस्था बिथोल्ने षड्यन्त्र गरिरहेको खबर आएको थियो ।

    कराचीमा लुकेर बसेका दाउदले आफ्नो साझेदार छोटा शकील र अर्का भाइ अनीस इब्राहिमको सहयोगमा मुम्बई र आसपासका क्षेत्रमा हवाला, अवैध सट्टेबाजी, घर जग्गा कारोबार गरिरहेको खुलासा भएको छ। एजेन्सी सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार