Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दिल्लीमा चलिरहेको इन्टरपोल बैठकमा अन्डरवर्ल्ड डन दाउदबारे चर्चा , पाकिस्तानमाथि प्रश्न उठ्यो

    दिल्लीमा चलिरहेको इन्टरपोल बैठकमा अन्डरवर्ल्ड डन दाउदबारे चर्चा , पाकिस्तानमाथि प्रश्न उठ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 1.1K
    SHARES

    एजेन्सी। पाकिस्तानी प्रतिनिधिमण्डललाई दिल्लीमा चलिरहेको इन्टरपोल सम्मेलनमा अन्डरवर्ल्ड डन दाउद इब्राहिम र लश्कर-ए-तैयबा प्रमुख हाफिज सइदको बारेमा प्रश्न गरिएको छ।

    पाकिस्तानी प्रतिनिधिमण्डललाई एक पत्रकारले सोधेका थिए,  दाउद इब्राहिम र हाफिज सईद भारतमा मोस्ट वान्टेड छन्, के पाकिस्तानले उनीहरुलाई भारतसामु सुम्पेला ?



    यस प्रश्नको जवाफमा संघीय अनुसन्धान एजेन्सीका महानिर्देशक मोहसिन बटले केही भन्न मानेनन् ।



    विश्वलाई सुरक्षित बनाउन सबै सदस्य राष्ट्रका प्रहरी निकायलाई सहयोग गर्नु इन्टरपोलको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको छ ।आज दिल्लीमा इन्टरपोलको ९०औँ महासभा भइरहेको छ । यस महासभामा १९५ देशका प्रतिनिधि सहभागी छन् ।

    यी प्रतिनिधिहरूमा सदस्य राष्ट्रका मन्त्रीहरू, प्रहरी प्रमुखहरू, केन्द्रीय ब्यूरो प्रमुखहरू र वरिष्ठ प्रहरी अधिकारीहरू समावेश छन्।

    यो महासभा  १८ देखि २१ अक्टुबरसम्म चल्नेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो यो महासभालाई सम्बोधन गरे।

    महासभा इन्टरपोलको सर्वोच्च प्रशासकीय निकाय हो र यसको सञ्चालन सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू लिन प्रत्येक वर्ष एक पटक बस्ने गर्दछ। यो महासभा २५ वर्षपछि भारतमा आयोजना हुँदैछ । पछिल्लो पटक सन् १९९७ मा भारतमा आयोजना भएको थियो ।

    केन्द्रीय गृहमन्त्री अमित शाह, इन्टरपोलका अध्यक्ष अहमद नासेर अल रैसी र यसका महासचिव जर्गेन स्टक पनि महासभामा उपस्थित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार