Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एन्टी भाइरस सफ्टवेयरका निर्माता जोन म्याकाफीद्वारा आत्महत्या

    एन्टी भाइरस सफ्टवेयरका निर्माता जोन म्याकाफीद्वारा आत्महत्या

    अनलाइन नेपाल
  • आइतबार, १३ असार २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । विश्व चर्चित एन्टी भाइरस सफ्टवेयर निर्माता तथा व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन ।

    बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक कारागारमा आत्महत्या गरेका हुन । कर छली गरेको अभियोगमा छानबिनका लागि अमेरिका सुपुर्दगी गर्ने स्पेनी अदालतको फैसलाको केही घण्टापछि उनी जेलभित्रै मृत अवस्थामा भेटिएको बिबिसीले जनाएको छ ।



    स्पेनको न्याय मन्त्रालयले जेलभित्रै अचेत अवस्थामा फेला परेका उनलाई डाक्टरहरुले बचाउने कोसिस गरेपनि सफल भएनन् । प्रविधि जगतका विवादास्पद व्यक्तित्व म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेयर बनाएको थियो ।



    यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो । उनले आफ्नो एन्टीभाइरस कम्पनी ७ अर्ब ६० करोड डलरमा इन्टेललाई बेचेका थिए ।

    सन् २०२० को अक्टोबरमा जहाजबाट टर्कीतर्फ उड्ने क्रममा जोन म्याकाफी स्पेनमा पक्राउ परेका थिए । उनीमाथि अमेरिकामा पछिल्लो चार वर्षसम्म कर नतिरेको अभियोग थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार