Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल प्रहरीको एआईजी बढुवामा डिआईजी सहकुल थापा सिफारिस

    नेपाल प्रहरीको एआईजी बढुवामा डिआईजी सहकुल थापा सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 5.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको थपिएको एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा डिआईजी सहकुलबहादुर थापाको बढुवा सिफारिस भएको छ ।

    गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।



    एआईजी बढुवा सिफारिस समितिमा गृहसचिब अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिब सदस्य र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिब हुन्छन् । बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ। सात दिनपछि मन्त्रीपरिषदको बैठले एआईजी बढुवाको निर्णय गर्नेछ ।



    थापा एआईजीमा बढुवा सिफारिस भएसँगै अब आईजीपीका लागि उनले एआईजी विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

    यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई मात्रै दरबन्दी थप गरी एआईजीमा बढुवा गरेको थियो । जसले गर्दा सरकारको चर्को आलोचना भएको थियो । सरकारले गल्ति सच्याएर अहिले भने आईजीपीमा प्रतिस्पर्धा गर्न पाउने गरी एआईजीको दरबन्दी थप गरेको हो ।

    हाल  प्रहरीमा प्रशासनतर्फ चार जना एआईजी छन् । चारमध्ये हरि पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाकै व्याची हुन् । उनीहरू सबैले एकै मितिमा अवकाश पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार