Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रुपा सुनारविरूद्ध इयूसँग जोडेर भ्रामक समाचार लेख्ने ६ अनलाइनलाई बन्द गराउन काउन्सिलको पत्र

    रुपा सुनारविरूद्ध इयूसँग जोडेर भ्रामक समाचार लेख्ने ६ अनलाइनलाई बन्द गराउन काउन्सिलको पत्र

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। प्रेस काउन्सिल नेपालले रुपा सुनारविरूद्ध अफवाह फैलाएर समाचार लेखेको आरोपमा ६ वटा अनलाइनलाई बन्द गराउने निर्णय गरेको छ ।

    रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो ।



    यी अनलाइनले सुनारलाई युरोपियन युनियन( इयू ) बाट डेढ करोड खाएको जस्ता आधारहिन र बिनाप्रमाणको समाचार छापी लाञ्छना लगाएका थिए ।



    यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहितत रुपाले जाहेरी दिएका थिए । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेका छन् ।

    रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार