Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपाल पक्षले विपक्षी गठबन्धनलाई रोज्ने ,अन्तत: ओली नै समस्यामा

    माधव नेपाल पक्षले विपक्षी गठबन्धनलाई रोज्ने ,अन्तत: ओली नै समस्यामा

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले कुनै पनि हालतमा काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने भएका छन्। ओली पक्षले  सोमबारसम्मको अल्टिमेटम दिएपनि माधव नेपाल पक्षले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने निर्णय  गरेको छ ।

    एमाले केन्द्रीय कमिटी बैठकले असन्तुष्ट माधव नेपाल पक्षलाई एमाले रोज्ने कि विपक्षी गठबन्धन रोज्ने भन्दै सोमबारसम्मको अल्टिमेटम दिएको थियो ।



    एमाले केन्द्रीय कमिटी बैठकले आफ्नै सरकारविरुद्ध विपक्षीसँग गठबन्धन गर्ने नेपाल समूहको कार्य अनैतिक भएको ठहर गर्दै आइतबार



    साँझसम्म उनीहरूले हस्ताक्षर फिर्ता नलिए उनीहरू स्वत: एमालेबाट बाहिरिएको पुष्टि हुने निष्कर्ष निकालेको छ ।

    नेपाल समूहले उठाएका सबै माग पूरा गरेपनि नेपालले एमाले विभाजन गर्ने कसम खाएको निष्कर्ष निकाल्दै संस्थापन पक्षले माधव नेपाल बाहेकका अन्य नेतालाई भने पार्टीमा आउने सहज वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

    संस्थापन पक्षले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन गर्ने, सो पार्टीलाई माओवादी केन्द्रसँग एकीकरण गर्ने र आगामी चुनावमा नेपाली कांग्रेसँग तालमेल गरेर चुनावमा जाने रणनीति लिएको निष्कर्ष निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार