Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीसँग भेट्ने समय तय भएको छैन : माधव नेपाल

    ओलीसँग भेट्ने समय तय भएको छैन : माधव नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएको बेला बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले  काउन्टर जवाफ दिएको छ।

    ओली र नेपालबीच भेटवार्ताको तयारी भइरहेको समाचार सार्वजनिक पनि भएको थियो। तर त्यसबारे  नेपालको सचिवालयले जानकारी नभएको जनाएको छ ।



    नेपालका स्वकीय सचिव मोहन गौतमले ओली र नेपालबीच भेट भएको वा हुने भन्ने समाचारमा सत्यता नरहेको र भेट्ने समय पनि तय नभएको बताएका छन् ।



    गौतमले सामाजिक सन्जालमा लेखेका छन्,  ‘विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली बीच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार