Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकियो, तत्काल सरकारमा नजाने निष्कर्ष

    नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकियो, तत्काल सरकारमा नजाने निष्कर्ष

    अनलाइन नेपाल
  • शुक्रबार, २२ साउन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

    बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो । बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल भएको थियो ।



    राजधानीको बुद्दनगरमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।



    बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी एकताकै पक्षमा जोड दिएका छन् भने केही केन्द्रीय सदस्यहरुले केपी शर्मा ओलीसँग एकता गर्नै नहुने धारणा पनि राखेका छन् ।

    यस्तै, कतिपयले भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा पनि राखेका थिए । तर, बहुमत केन्द्रीय सदस्य एकताकै पक्षमा देखिएका छन् ।

    माधव नेपाल पक्षका एमालेका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले पार्टी विभाजनको तयारी पनि नभएको र अहिलेको अवस्थामा नयाँ पार्टी खोल्ने अवस्था पनि नभएको बताएका छन् ।

    ‘एमाले दुई पार्टी जस्तो अवस्था भएको र दूरी टाढा भएको भए पनि नयाँ पार्टी खोल्ने अवस्था छैन, तत्काल सरकारमा जाने संभावना पनि छैन’ पाण्डेले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार