Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले विवाद उत्कर्षमा

    देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने माधव नेपालको अडान

    देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने माधव नेपालको अडान

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेभित्रको बिबादले उग्र रुप लिएको  बेला नेता सुभाष नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसंग भेटवार्ता गरेका छन्। नेम्वाङले शेरबहादुर देउवाका पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन नेपाललाई अनुरोध गरेका छन् ।

    आइतबार बिहान नेम्वाङ, विष्णु पौडेल शंकर पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपाल पक्षिय नेता घनश्याम भुषालको पहलमा उक्त भेटघाट भएको थियो ।



    नेता नेपालले अदातली प्रक्रियामा गइसकेकाले हस्ताक्षर फिर्ता नहुने जवाफ दिएपछि एमाले अब फुट्ने पक्कापक्की छ।



    एमाले अध्यक्ष केपी ओली पक्षले  सोमबारसम्मको अल्टिमेटम दिएपनि आजै माधव नेपाल पक्षले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने निर्णय  गरेको छ ।

    नेपाल समूहले उठाएका सबै माग पूरा गरेपनि नेपालले एमाले विभाजन गर्ने कसम खाएको निष्कर्ष निकाल्दै संस्थापन पक्षले माधव नेपाल बाहेकका अन्य नेतालाई भने पार्टीमा आउने सहज वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

    संस्थापन पक्षले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन गर्ने, सो पार्टीलाई माओवादी केन्द्रसँग एकीकरण गर्ने र आगामी चुनावमा नेपाली कांग्रेसँग तालमेल गरेर चुनावमा जाने रणनीति लिएको निष्कर्ष निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार