Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंका मेयर शाक्यमाथि यसरी खनिए कलाकार

    काठमाडौंका मेयर शाक्यमाथि यसरी खनिए कलाकार

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा रत्नपार्कको आकाशे पुलको भित्तामा बनाएको चित्रकला महानगरपालिकाले मेटाएको विरोधमा कलाकारहरुले विरोध प्रदर्शन गरेका छन् ।

    उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै फ्रन्टलाइनरको सम्मान गर्न महानगरपालिकालाई आग्रह गरे ।दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो ।



    उत्त चित्र वडाको सिफारिस लिएर बनाइएको भएपनि महानगरपालिकाले भने वडाले भित्तामा चित्र कोर्न सिफारिस दिन नमिल्ने भन्दै उक्त चित्र मेटाइदिएको थियो । त्यसको विरोधमा आइतबार महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउन गएका कलाकारले टोलीले पुनः चित्र कोर्न दिन माग गरेको छ ।



    ‘स्वास्थ्यकर्मी लगायत कोरोना महामारी नियन्त्रणका लागि दिनरात लाखौं बिरामीहरुको उपचार गरेकालाई उचित सम्मान र हौसला नभएकोले महामारीमा खटिएकाहलाई उच्च सम्मान प्रकट गरौं भनी सकारात्मक सन्देशमा लिई उक्त स्थानमा पुनः फ्रन्टलाइनरमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको चित्र कोर्न पाउँ भनी अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

    परिकल्पनाकार दुजाङ शेर्पाले वडा कार्यालयसँग अनुमति लिएर चित्रकला बनाए पनि अचानक मेटाउँदा फ्रन्टलाइनर र कलाकर्मीहरुको चित्त दुखेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

    प्रदर्शनका क्रममा कलाकारहरुले ‘कलाको शहरमा कलाकै हत्या ?’ भन्दै मेयर शाक्यलाई प्रश्नसमेत गरेका छन् । प्रदर्शनमा उनीहरुले चित्रकला बनाउन ‘सोल्टीमा बसेजस्तो सजिलो हुन्न’, ‘कलाको शहरमा कलाकै हत्या ?’, ‘सम्मानको लागि कोरिएको भित्तेचित्र’, ‘सक्छस् सम्मान गर, नत्र अपमान नगर’ लगायतका व्यानहरुसहित प्रदर्शन गरेका थिए ।

    महानगरपालिकाले गरेको यो कार्यको चौतर्फी विरोध भएको छ । नेपाली कांग्रेसले त झन विज्ञप्ति नै निकालेर विरोध गरिसकेको छ भने आम सर्वसाधरणले पनि त्यसको विरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार