Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

    सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले असार १४ गते थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।



    थापा एआईजी बनेसँगै अब आईजीपीका लागि उनले  विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्न पाउनेछन् ।



    यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई मात्रै दरबन्दी थप गरी एआईजीमा बढुवा गरेको थियो । जसले गर्दा सरकारको चर्को आलोचना भएको थियो । सरकारले गल्ति सच्याएर अहिले भने आईजीपीमा प्रतिस्पर्धा गर्न पाउने गरी  दरबन्दी थप गरेर थापालाई एआईजी बनाएको हो ।

    थापाले सिआईबी र अपराध महाशाखाको प्रमुख भएर सफलतापुर्वक कार्यकाल सम्पन्न गरेका थिए । उनले चितवन, काभ्रेलगायतका जिल्लाको पनि प्रमुख भएर काम गरेका थिए।

    हाल प्रहरीमा प्रशासनतर्फ चार जना एआईजी छन् । चारमध्ये हरि पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाकै व्याची हुन् । उनीहरू सबैले एकै मितिमा आगामी बैशाखमा अवकाश पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार