Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तालिबानद्वारा अफगानिस्तानमा सीमा नाका नियन्त्रणमा

    तालिबानद्वारा अफगानिस्तानमा सीमा नाका नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा तालिबान लडाकुले इरानसँगको महत्त्वपूर्ण सीमा नाका आफ्नो नियन्त्रणमा लिएका छन् ।

    इस्लाम काला नाकामा सबै गतिविधि रोकिएको बीबीसीले जनाएको छ । अमेरिकी सेना फिर्ती प्रक्रियासँगै अफगानिस्तानमा तालिबानले भू–भाग कब्जा गर्ने क्रम विस्तार गरिरहेको छ ।



    अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमा नाका तालिबानले कब्जा गरेको अफगान अधिकारीहरूले स्वीकारेका छन् । इस्लाम काला नाका इरानसँगको सबभन्दा ठूलोमध्यको व्यापारिक नाका हो । त्यहाँबाट सरकारले मासिक २ करोड डलर राजस्व उठाउँथ्यो ।



    अफगानिस्तानको रक्षा मन्त्रालयले नाका आफ्नो नियन्त्रणमा लिन प्रयासरत जारी रहेको बताएको छ। तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भू–भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । उसको दाबीलाई सरकारले भने अस्वीकार गरेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने बताएका छन् । यसअघि नै सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना पूर्णरूपमा फर्किसक्ने समय सीमा तोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार