Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नियुक्तिपत्र सच्चिएपछि प्रधानमन्त्री देउवाले लिए शपथ

    नियुक्तिपत्र सच्चिएपछि प्रधानमन्त्री देउवाले लिए शपथ

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्तिपत्र सच्चिएपछि मात्र पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    देउवाले मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु  पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



    राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।



    सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार