Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

    प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 540
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी छ ।



    नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उनीहरुबीच छलफल भएको बताइएको छ । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेपछि गृहमन्त्री पद रिक्त छ ।



    लामिछानेले सर्वोच्चको फैसलासँगै उपप्रधान तथा गृहमन्त्रीबाट शुक्रबार नै राजीनामा दिएका थिए । आज उनले नागरिकता पुनः प्राप्ति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा दाबी गर्ने बताएका थिए ।

    रास्वपाले गृहमन्त्रालयको दाबी आफूले नछाड्ने बताइरहेको छ भने । गृह रास्वपालाई दिन गठबन्धनमा सहमति भने भइसकेको छैन । गठबन्धनको प्रमुख घटक माओवादी गृह रास्वपालाई दिन नहुने पक्षमा उभिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार