Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देउवा सरकारका ४ जना मन्त्रीले लिए सपथ , बालकृष्ण खाँण गृहमन्त्री

    देउवा सरकारका ४ जना मन्त्रीले लिए सपथ , बालकृष्ण खाँण गृहमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।



    प्रधानमन्त्री देउवाले आफ्नो सरकारमा ४ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीमध्ये बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् । खाँण कांग्रेसबाट मन्त्री बनेका हुन् ।



    कांग्रेसबाट अर्का मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।

    नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् भने पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेकी छन् ।

    नवनियुक्त चारैजना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार