Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ४० किलो लागूऔषध गाँजाको कन्टेनरसहित सहचालक पक्राउ

    ४० किलो लागूऔषध गाँजाको कन्टेनरसहित सहचालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.5K
    SHARES

    हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४० किलो अवैध लागूऔषध गाँजाको कन्टेनरसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कन्टेनरका सहचालक नुवाकोट बेलकोटगढी न.पा. वडा नं. ४ बस्ने १९ बर्षीय दिपक गुरुङ रहेका छन्।



    बुधबार बिहान बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हे.उ.म.न.पा.-१९ नेवारपानीस्थित पूर्व-पश्‍चिम लोकमार्ग सडकखण्डबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नं. को कन्टेनर गाडीलाई रोकेर चेकजाँच गर्दा सो परिमाणको लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।



    यस घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार