Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सार्वजनिक सवारीको भाडा वृद्धिविरुद्ध आन्दोलन गर्ने पाँच विद्यार्थी संगठनको घोषणा (विज्ञप्तिसहित)

    सार्वजनिक सवारीको भाडा वृद्धिविरुद्ध आन्दोलन गर्ने पाँच विद्यार्थी संगठनको घोषणा (विज्ञप्तिसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। जाँदा जाँदै पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक सवारी साधनमा वृद्धि गरेको भाडाको बिरुद्दमा पाँच विद्यार्थी संगठनले आन्दोलन गर्ने घोषणा गरेका छन्।

    सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको विरोधमा आन्दोलनमा गर्ने घोषणा पाँच विद्यार्थी संगठनले बिहीबार गरेका हुन्।



    अखिल (छैठौं) को कार्यालमा बसेको बैठकले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेको हो।



    पाँच विद्यार्थी संगठनको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भाडा वृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं।’

    विद्यार्थी संगठनले निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन गर्ने नाममा रातारात ठूलो आर्थिक चलखेल र अनियमिता गरेको आरोप लगाएका छन् ।

    कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), माधव नेपाल पक्षीय अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं)ले आन्दोलनको घोषणा गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार