Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आजबाट गाडी भाडा पनि घटाउने विभागको तयारी

    पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आजबाट गाडी भाडा पनि घटाउने विभागको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाउने तयारी गरेको छ ।

    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले पनि गाडी भाडा घटाउने भएको हो ।



    सरकारको निर्देशनमा गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य २० र डिजेल तथा मट्टितेलको मूल्य २९ रुपैयाँले घटाएको छ।



    त्यसकै आधारमा यातायात व्यवस्था विभागले पनि गाडी भाडा समायोजन गर्ने विभागले जनाएको छ ।

    यसअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विभागले सार्वजनिक यातायातका साधनको भाडा बढाएको थियो। विभागले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा त्यहि अनुसार गाडी भाडा पनि समायोजन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार