Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • भाडा समायोजनको मागमा यातायात व्यवसायीको र्‍याली, सम्बोधन नगरे सिंहदरबार घेर्ने चेतावानी

    भाडा समायोजनको मागमा यातायात व्यवसायीको र्‍याली, सम्बोधन नगरे सिंहदरबार घेर्ने चेतावानी

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । यातायात व्यवसायीहरुले भाडा समायोजन नभएको भन्दै आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित काठमाडौंमा र्‍याली निकालेका छन् ।

    एउटै प्रदेश भित्र चल्ने गाडीहरुमा भाडा समायोजन नभएको भन्दै आफूसँग भएका सवारी साधन सडकमा निकालेरशान्तिपूर्ण र्‍याली निकालिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले अनलाइन नेपाललाई बताए।



    ‘हामीले बाटोमा अवरोध रहित हिसाबले र्‍याली निकालेका हौँ । एउटै प्रदेशभित्र चल्ले सवारीको भाडा समायोजन नभएकाले हामी चक्रपथ घेराउमा निस्किन बाध्य भएका छौँ,’ नेपालले भने।



    आफूहरुको सबै माग सम्बोधन नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको र सरकारले सुनुवाई नगरे आफूहरु सिंहदरबार घेराउमा निस्कने उपमहासचिव नेपालले बताए।

    यसअघि व्यवसायीहरुले विभिन्न सात बुँदे माग राख्दै यातायात व्यवस्था विभागमा धर्ना दिएका थिए।

    सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्नलगायतका माग राखेका छन् ।

    साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार