Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने तयारी

    कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।

    बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ । रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै ५ महिना लगाएर प्रतिवेदन तयार पारेको छ ।
    त्यस्तै पार्टीको १४औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    कांग्रेसले यसअघि आजदेखि तय गरेको वडा अधिवेशन हाललाई स्थगित भएको छ । कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार