Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पार्टी संगठन सुदृढीकरणका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको तयारी

    पार्टी संगठन सुदृढीकरणका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेसको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 627
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि बनाएर खटाउने भएको छ ।

    पार्टी केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यलाई दुई चरणमा ७७ जिल्लामै खटाउने तयारी गरिएको हो ।



    फरक फरक प्रकृति र उद्धेश्य अनुसार दुई चरणमा कार्यक्रम गर्न लागिएको छ ।पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्ने जनाईएको छ ।



    सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । यस अवधिमा पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् । केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुने बताईएको छ ।

    दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेका लागि तोकिएको छ । उक्त चरणलाई समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनिएको छ ।

    प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय केन्द्रीय समितिको निर्णय अनुसार सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिले केन्द्रबाट लैजाने र सोही अनुसार सेवा दल गठनको प्रक्रिया सुरु गराउन सहजीकरण केन्द्रीय सदस्यहरुले गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार