Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन,यस्तो छ २१ बुँदे सुझाव (पूर्णपाठ)

    कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन,यस्तो छ २१ बुँदे सुझाव (पूर्णपाठ)

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 765
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवाले बुझ्न नमानेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको छ।

    रुपान्तरण अभियानले तयार पारेको २१ बुँदे प्रतिवेदन प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टीलाई बुझाएको हो ।



    रूपान्तरण अभियानले पार्टी जनमाझ अलोकप्रिय हुँदै गएको, संगठन सुस्त भएको, पार्टीको कार्यशैली प्रभावकारी नभएको, युवामाझ आकर्षण घटेकोलगायत विभिन्न विषयमा नेता कार्यकर्ताबाट सुझाव संकलन गरेको थियो ।



    उनीहरुले यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै देशव्यापी चलाएको रूपान्तरण अभियानको प्रतिवेदन आज एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने उद्देश्यले बुझाएका हुन् । तर सभापति देउवाले प्रतिवेदन नै नबुझेपछि त्यसमा छलफल हुने सम्भावना कम देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार