Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • २ लाख धरौटी नहुँदा हिरासतको शौचालयमा थुनुवाले गरे आत्महत्या

    २ लाख धरौटी नहुँदा हिरासतको शौचालयमा थुनुवाले गरे आत्महत्या

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 2.1K
    SHARES

    सांकेतिक तस्बिर

    रामनारायण यादव / जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । बिहीबार बिहान ती थुनुवाले आत्महत्या गरेका हुन् ।

    धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्वर २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रवि दासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको हो ।



    उनले शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।



    भाइसंगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रवि दासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    आर्थिक अवस्था कारण धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो । कारागार लैजानकै लागि हिरासतमा राखिएका रवि दास तनावमा आत्महत्या गरेको प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको उनले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार