Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बाथरुम तोडेर प्रहरी हिरासतबाटै थुनुवा भागेपछि…

    बाथरुम तोडेर प्रहरी हिरासतबाटै थुनुवा भागेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 2.9K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन् । बुधबार राति साढे ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन् ।

    कञ्चनपुरको बेलौरी नगरपालिका९६ हात्तिबोझा बस्ने २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेको बताइएको छ ।



    बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई गत साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए। उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्यान्टीलेसनको ग्रिल तोडेर भागेको बताइएको छ ।



    यस्तै उनलाई रातिनै भासिबाट पक्राउ गरिएको बताइएको छ । उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डको टोलीले खटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार