Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हिरासतबाटै थुनुवा भागेपछि दुई प्रहरी जवान निलम्बित

    हिरासतबाटै थुनुवा भागेपछि दुई प्रहरी जवान निलम्बित

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 4K
    SHARES

    बर्दिया । इलाका प्रहरी कार्यालय ढोढरीको थुनामा रहेका दुईजना हिरासतबाटै फरार भएपछि दुई प्रहरी निलम्बनमा परेका छन् ।

    प्रहरी लापरवाहीका कारण हिरासतमा रहेका व्यक्ति फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले इलाका प्रहरी कार्यालय ढोढरीमा कार्यरत दुई प्रहरीलाई निलम्बन गरेको हो ।



    प्रहरी कार्यालय बर्दियाका अनुसार आइतबार २ जवानलाई कारबाहीस्वरूप निलम्बन गरिएको छ । यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षकलाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको बर्दिया प्रहरीले जनाएको छ ।



    शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए । ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा असार ८ गते पक्राउ परेका मधुवन ८ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली भागेका थिए ।

    प्रहरीले शुक्रबार बेलझुण्डी सामुदायिक वनबाट शुक्रबार मध्यान्ह १२ः५०मा अजयलाई पक्राउ गरेको थियो। यस्तै डाँडे सामुदायिक वनबाट शनिबार बिहान ८ः४० बजे राजालाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार