Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पुनः स्मार्ट लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    पुनः स्मार्ट लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढेको छ। कोरोना संक्रमितको दर दिनानुदिन बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ।

    प्रधानमन्त्री अध्यक्ष रहने सीसीएमसीको आज बसेको सिंहदरबारको बैठकमा मन्त्रालयले कोरोना संक्रमण बढेको रिपोर्टसँगै स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो। सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बैठकपछि बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको बताएका छन्। उनका अनुसार अब बस्ने बैठकले स्मार्ट लकडाउन गर्ने नगर्नेबारे टुंगो लगाउनेछ।



    ‘मन्त्रालयले आज सीसीएमसीको बैठकमा स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ। कोरोना संक्रमण बढेपछि स्मार्ट लकडाउन गर्नेबारे हामीले छलफल अघि बढाएका छौं,’ उनले भने, ‘अब बस्ने बैठकमा यसबारे पनि छलफल र निर्णय हुनेछ।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार