Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दार्चुला घटनाबारे माओवादीले सरकारलाई भन्यो – भारतसँग गम्भीर आपत्ति जनाउनु

    दार्चुला घटनाबारे माओवादीले सरकारलाई भन्यो – भारतसँग गम्भीर आपत्ति जनाउनु

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महाकाली नदीमा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले तुइन काट्दिएपछि भएको घटनालाई लिएर नेकपा माओवादी केन्द्रले भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ ।

    आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले उक्त घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताउदै त्यसबारे तत्काल छानविन गर्नुपर्ने ठहर गरेको छ ।



    ‘बैठकले भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।



    गत शुक्रबार विहान जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तारको लठ्ठा काटिदिएका थिए । तुइनको तारसहित महाकाली नदीमा खसेका जयसिंह बेपत्ता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार