Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • टोकियो ओलम्पिक : अघिअघि चीन पछिपछि अमेरिका, हालसम्म कुन देशको कति स्वर्ण ?

    टोकियो ओलम्पिक : अघिअघि चीन पछिपछि अमेरिका, हालसम्म कुन देशको कति स्वर्ण ?

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) के पदक तालिकामा चीन शीर्षस्थानमा रहन सफल भएको छ। नवौं दिनको खेल सकिदा चीन पदक तालिकामा शीर्षस्थानमा कायमै रहेको छ।

    शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो। चीनले आइतबारसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य गरी कुल ५१ पदक जितेको छ।



    आइतबार चार स्वर्ण जितेको अमेरिका २० स्वर्ण, २३ रजत र १६ कास्यगरी कुल ५९ पदकसहित दोस्रो स्थानमा उक्लिएको छ। तेस्रो स्थानमा झरेको आयोजक जापान १७, स्वर्ण ५ रजत र ९ कास्यगरी कुल ३१ पदक जितेको छ।



    १४ स्वर्ण, ३ रजत र १४ कास्यगरी कुल ३१ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा उकिलएको छ। रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १२ स्वर्ण, १९ रजत र १३ कास्यसहित ४४ पदक जित्दै पाँचौ स्थानमा झरेको छ।

    इंग्ल्यान्ड १० स्वर्ण, १० रजत र १२ कास्यगरी कुल ३२ पदक जितेर छैटौं स्थानमा रहेको छ। फ्रान्स ५ स्वर्ण, १० रजत र ६ कास्यसहित २१ पदक जितेर सातौ स्थानमा उक्लदा दक्षिण कोरियाले ५ स्वर्ण ४ रजत र ८ कास्यगरी कुल १७ पदक हात पार्दै आठौं स्थानमा रहेको छ।

    इटाली ४ स्वर्ण, ८ रजत र १५ कास्यगरी २७ पदकसहित नवौं स्थानमा रहँदा नेदरल्यान्ड्स ४ स्वर्ण, ७ रजत र ६ कास्यगरी १७ पदक जित्दै शीर्ष १० मा अटाएका छन्। जर्मनी, न्युजिल्यान्ड र चेक रिपब्लिकले समान ४ स्वर्ण जितेका छन्। क्यानडा, स्वीट्जरल्यान्ड र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १६ मा अटाएका छन्। ब्राजिल, चाइनिज ताइपेइ, हंगेरी, स्लोभेनिया, इक्वेडर, कोसोभो र कतारले दोहोरो स्वर्ण जित्न सफल भएका छन्।

    स्पेन, जर्जिया, रोमानिया, स्वीडेन, भेनेजुलएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, डेनमार्क, सर्विया, बेल्जियम, जमैका, नर्वे, पोल्यान्ड, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, टर्की, बेलारुस, इस्टोनिया, फिजि, उज्वेकिस्तान, बर्मुडा, इथियोपिया, ग्रीस, इरान, लात्भिया, फिलिपिन्स र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन्।

    टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५३ राष्ट्रले स्वर्ण जित्दा ७६ राष्ट्रले पदक जित्न सफल भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार