Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • टोकियो ओलम्पिक : स्वर्ण पदकमा चीनको अग्रता बढ्यो, हालसम्म कुन देशको कति स्वर्ण ?

    टोकियो ओलम्पिक : स्वर्ण पदकमा चीनको अग्रता बढ्यो, हालसम्म कुन देशको कति स्वर्ण ?

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को पदक तालिकामा चीन शीर्षस्थानमा रहन सफल भएको छ। १०औं दिनको खेल सकिँदा चीनले पदक तालिकामा आफ्नो शीर्षतालाई कायम राखेको हो।

    शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो। चीनले सोमबारसम्म २९ स्वर्ण, १७ रजत र १६ कास्य गरी कुल ६२ पदक जितेको छ।



    अमेरिका २२ स्वर्ण, २५ रजत र १७ कास्यगरी कुल ६४ पदकसहित दोस्रो स्थानमा यथावत रहेको छ। आयोजक जापान १७, स्वर्ण ६ रजत र १० कास्यगरी कुल ३३ पदक जितेको छ। १४ स्वर्ण, ४ रजत र १५ कास्यगरी कुल ३३ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १२ स्वर्ण, २१ रजत र १७ कास्यसहित ५० पदक जित्दै पाँचौ स्थानमा यथावत रहेको छ।



    इंग्ल्यान्ड ११ स्वर्ण, १२ रजत र १२ कास्यगरी कुल ३५ पदक जितेर छैटौं स्थानमा रहेको छ। फ्रान्स ६ स्वर्ण, १० रजत र ७ कास्यसहित २३ पदक जितेर सातौ स्थानमा जर्मनी ६ स्वर्ण, ६ रजत र ११ कास्यगरी २३ पदकसहित आठौं स्थानमा रहेको छ। दक्षिण कोरियाले ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदक हात पार्दै नवौं स्थानमा रहेको छ। नेदरल्यान्ड्स ५ स्वर्ण, ७ रजत र ६ कास्यगरी १८ पदक जित्दै शीर्ष १० मा अटाएका छन्।

    इटाली ४ स्वर्ण, ९ रजत र १५ कास्यगरी २८ पदकसहित शीर्ष ११औं स्थानमा रहेको छ न्युजिल्यान्डले ४ स्वर्ण, ३ रजत र ४ कास्यगरी १० पदक जितेको छ। चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र १ कास्यगरी ८ पदक जितेको छ। क्यानडा, स्वीट्जरल्यान्ड र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १६ मा अटाएका छन्।

    चाइनिज ताइपेइ, ब्राजिल, क्युवा, हंगेरी, डेनमार्क, स्लोभेनिया, इक्वेडर, ग्रीस, कोसोभो र कतारले दोहोरो स्वर्ण जित्न सफल भएका छन्। जर्जिया, स्पेन, रोमानिया, स्वीडेन, भेनेजुलएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, इन्डोनेसिया, सर्विया, जमैका, बेल्जियम नर्वे, पोल्यान्ड, ट्युनिसिया, टर्की, आयरल्यान्ड, इजरायल बेलारुस, इथियोपिया, इरान, लात्भिया, फिलिपिन्स, प्युरेटिको र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन्।

    टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५७ राष्ट्रले स्वर्ण जित्दा ८० राष्ट्रले पदक जित्न सफल भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार