Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दार्चुला तुइन प्रकरण :

    तीन भारतीयले घटनाबारे मुख खोलेको भन्दै एसएसबीद्वारा कारवाहीको माग

    तीन भारतीयले घटनाबारे मुख खोलेको भन्दै एसएसबीद्वारा कारवाहीको माग

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तीन जना भारतीय नागरिकविरुद्द कारबाहीको माग गरेको छ।

    गत साउन १५ गते दार्चुला जिल्लाको व्याँस गाउँपालिकाका जयसिंह धामीको महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता हुनुमा एसएसबीको दोष रहेको भन्दै ती ३ जनाले दुष्प्रचार गरेको एसएसबीको आरोप छ ।



    भारतको पिथौरागढको धार्चुला अन्तर्गत गस्कु जयकोटका ३ जना भारतीय नागरिकविरुद्ध एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान दैनिकले जनाएको छ  ।



    सोमबार प्रकाशित समाचारमा एसएसबीको ११औँ बाहिनीले पिथौरागढ जिल्लाका प्रहरी प्रमुख एसपीलाई तीन भारतीय गाडी चालकविरुद्ध कारबाही गर्न पत्राचार गरेको लेखिएको छ । साउन १५ गतेको घटना अघिसम्म तीनै जनाले अवैध रूपमा तुइनमार्फत नेपाली नागरिकलाई तार्ने गरेको आरोप एसएसबीले लगाएको छ।

    यसअघि पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले उक्त घटनामा एसएसबीको संलग्नता नरहेको बताएका थिए । तर, उक्त घटनाका प्रत्यक्षदर्शी तथा स्थानीय भने एसएसबीले तुइन फुकाएकै कारण जयसिंह महाकालीमा बेपत्ता भएको दाबी गरिरहेका छन्।

    दार्चुलाका धामी गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता धामीको शव अझै भेटिएको छैन ।

    सरकारले घटनाको छानविन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । सो समितिले दार्चुलामै पुगेर आजबाट काम सुरु गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार