Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मेयरको कार्यकक्षमै सहयोगीले गरे खुट्टा मसाज !

    मेयरको कार्यकक्षमै सहयोगीले गरे खुट्टा मसाज !

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 1.3K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी धनुषामा एक जना जनप्रतिनिधिले आफनै कार्यालयमा सहयोगिलाई बोलाएर मसाज गराएको तस्वीर अहिले समाजिक सञ्जाल फेसबुकमा निकै भाइरल भएको छ ।

    धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो कार्यकक्षमै खुट्टा मसाज गराइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो । उनले नगरपालिकाका कार्यालय सहयोगी करन दासबाट मसाज गराई रहेको तस्वीर सार्वजनिक भएको हो ।



    तस्वीरमा मेयर दास आरामसँग शोफामा खुट्टा तेस्र्याएर सुतेका छन् भने युवकले उभिएर उनको खुट्टा थिचिरहेको देखिन्छ । कोठाको ढोका थुनेर मेयर दासले मालिस गराइरहेको तस्वीर कसैले झ्यालबाट खिचेर समाजिक सञ्चाल फेसबुकमा पोस्ट गरेका छन् ।



    मेयर दासको प्रतिक्रिया :

    मेयर दासले आफूलाई सञ्चो नभएको भाइ नाता पर्ने कार्यालय सहयोगीलाई मालिस गर्न लगाएको स्वीकारेका छन । कोरोना भाइरसको भ्याक्सिन लिएपछि आफू बिरामी परेको उनले बताए ।

    ‘कार्यालयमा कामको निकै भिड रहेकोले मैले कार्यालय आए । त्यसैले सञ्चो नहुँदा नहुँदै सेवाग्राहीलाई मर्का पर्ला भनेर म एक घन्टाको लागि कार्यालय गएको थिए । तर जिउ दुखेर काम गर्न नसक्ने भएपछि मेरो भाइलाई बोलाएर मालिस गर्न लगाएको हुँ,’ उनले भने, ‘बिरामी भएपछि अरु कसलाई भन्ने, आफ्नै भाइलाई भनेको हो ।’

    मेयर दासका अनुसार कार्यालय सहयोगी करन उनका काकाका छोरा हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार