Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • क्यानको पारस खड्काप्रति सम्मान, ७७ नम्बरको जर्सी ‘रिटायर’ गरिने

    क्यानको पारस खड्काप्रति सम्मान, ७७ नम्बरको जर्सी ‘रिटायर’ गरिने

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले लगाउने गरेको जर्सी नम्बर ७७ पनि रिटायर हुने भएको छ।

    अब कुनै पनि नेपाली खेलाडीले नेपालको राष्ट्रिय टिमबाट खेल्दा यो नम्बरको जर्सी लगाउने छैनन् ।



    आइतबार नेपाल क्रिकेट संघ क्यानले पारसको सम्मानमा जर्सी नम्बर ७७ रिटायर गर्ने निर्णय गरेको हो ।



    यसअघि पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका थिए।

    ३३ वर्षीय पारसको कप्तानीमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ देखि एकदिवसीय टिमसम्मको सफलता प्राप्त गर्‍यो। उनको नेतृत्वमा नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो।

    सन् २००२ मा युएईमा भएको यू-१५ एसिया कपबाट पारसले नेपाली टिममा आफ्नो करिअर सुरू गरेका थिए। उनले सन् २००३ मा यू-१९ एसिया कप खेल्दै नेपालको युवा टिममा डेब्यू गरेको थिए। सन् २०१४ मा यू-१९ विश्वकप खेलेका पारसले सोही वर्ष सिनियर टिममा पनि डेब्यू गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार