Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको ज्यान गयो

    मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको ज्यान गयो

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 2.3K
    SHARES

    नवलपरासी । मोटरसाइलकको ठक्करबाट नवलपरासीमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ।

    ज्यान गुमाउनेमा इन्स्पेक्टर कपिल वाग्ले रहेका छन्। तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।



    उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए। बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको थियो।



    ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो। उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार