Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नाकाबाट तस्करीको लाइन खुल्ला, विक्यो शसस्त्र प्रहरी

    नाकाबाट तस्करीको लाइन खुल्ला, विक्यो शसस्त्र प्रहरी

    धर्मेन्द्र प्रसाद यादव
  • मंगलबार, २६ साउन २०७८
  • 2.5K
    SHARES

     धर्मेन्द्र प्रसाद यादव / पर्सा । सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै तस्करी गराएको रहस्य बाहिर आएको छ । सशस्त्र प्रहरीले सिमानाकाबाट कुखुराका चल्लादेखि विभिन्न खाद्य सामाग्रीहरुसमेतको तस्करी मात्रै नभई स्कटिङ नै गराएको खुलेको हो ।

    सशसस्त्र प्रहरी बलले सिमा नाकाको सुरक्षाका लागि श्री सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट भिखमपुर, धोविनी गाउँपालिका २ पर्सा मतहतमा रहेको जानकीटोला दसौता नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानलाई खटाएको छ । तर, उनीहरुले सिमा सुरक्षा भन्दा पनि तस्करीलाई प्रश्रय दिएको भन्दै स्थानीयस्तरमा विरोध हुन थालेको छ ।



    सिमामा खटिएका सशस्त्र प्रहरीको अहिले मुख्य काम नाकाबाट कर छली वा चोरी गरेर ल्याइएका तस्करीका सामानलाई माथिल्लो निकायको आँखा छलेर नेपाल भित्र्याउन भएको स्रोतको दावी छ ।



    स्थानीय स्तरमा अहिले ‘भिखमपुर सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेतले जानकीटोला सिमानाकाबाट लाईन मिलाएर तस्करी गरेको छ’ भन्दै चौतर्फी आवज सुनिन थालेको छ ।

    जानकीटोला सिमानाकामा अहिले मुख्य गरेर भारत बिहार सिमा नजिक पर्ने इनर्वा बजारबाट कपडा धुने साबुन, बोइलर कुखुरा र कुखुराका चल्लाको तस्करी भइरहेको छ । त्यसका साथसाथै किराना सामान, कपडा, हर्डवेयर, मोटर पाट्र्स तथा सुर्तीजन्य पदार्थलगायतको तस्करी चलेको छ ।

    उक्त नाकाबाट भारतीय सामान भित्रिने मात्र नभई नेपालबाट पनि कयौं सामानहरु भारततर्फ तस्करी हुँदै आएको छ । नेपालबाट मरिच, खुकुरी चुरोट, घरेलु र सिल प्याक रक्सी, पेट्रोल, डिजेल ,नेपाली पाइप लगायतको तस्करी भइरहेको छ ।

    त्यसो त सोही नाकामा महबीर, सगीर, बहिरा, रोज नाम गरेका व्यापारीहरुले सशस्त्र प्रहरीलाई मोटो रकम महीनवारी बुझाउँदै भैसी, राँगाको लाईन मिलाईरहेका छन् । आइतबार नेपाल प्रहरीले जानकीटोला नाकाबाट तस्करी भइरहेको अबैध कुखुराको चल्ला बरामद गरेसँगै सशस्त्रकै सेटिङमा तस्करी हुने गरेको रहस्य खुलेको हो ।

    सशस्त्र प्रहरीले सो नाकाबाट तस्करी गराएको कुखुराको चल्ला ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले आइतबार राती ११ बजे पक्राउ गरेको हो । सशस्त्र प्रहरी निरीक्षक बस्नेतलाई मोटो रकम महीनवारी बुझाउँदै इनर्वा बस्ने शेषनाथ नाम गरेका व्यापारीले वोइलर कुखुराको तस्करी गराइरहेको पनि खुलेको छ ।

    एक कुखुरा व्यापारीसँग सोधपुछ गर्दा शेषनाथका सामान रहेको खुलेपछि कुखुरा बोकेर ल्याउनेसँग सोधपुछ गर्दा सशस्त्र प्रहरीसँग सेटिङ मिलाएको प्रष्ट खुलाएका थिए । भारतमा बोइलर कुखुराको मूल्य सस्तो र नेपालमा ४६० प्रती केजी महँगो भएका कारण शेषनाथले फाईदा उठाउँदै तस्करी गराएको प्रहरीकै भनाई छ ।

    त्यसैगरी सोही नाकाबाट भारत बिहार खमीया बस्ने नस्रुदीन अंसारीले साबुनको तस्करी गर्दै आएको पनि स्रोतको दावी छ । भारतमा कपडा धुने साबुन सस्तो र नेपालमा महंगो भएका कारण अंसारीले पर्सा जिल्लाको अधिकांश पसलहरुमा तस्करी गराइ पठाउने गरेको स्रोतले बतायो ।

    यसरी तस्करी गराउँदै आएको सशस्त्र प्रहरीले नाकाबाट उठेको रकम १३ नः गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र खड्कासम्म पुग्ने गरेको नाम नखोल्ने सर्तमा एक व्यापारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार