Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दुई ट्रक कपडा तस्करी प्रकरण : सिरहाका सशस्त्र एसपी र डीएसपी अनुसन्धानमा तानिए

    दुई ट्रक कपडा तस्करी प्रकरण : सिरहाका सशस्त्र एसपी र डीएसपी अनुसन्धानमा तानिए

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 2.9K
    SHARES

    सिरहा । सशस्त्र प्रहरी बल गण नम्बर ७ सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रमोद भारतीलाई बाहिनीमा तानिएको छ ।

    सिरहा जिल्लामा पछिल्लो चार दिनयता ठूलो परिमाणमा अवैध कपडा बरामद भएपछि एसपी भारती सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवास तानिएका हुन् ।



    सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीका अनुसार अवैध सामान कसरी भित्रियो भन्नेबारे सोधपुछ गर्न एसपी भारतीलाई बाहिनी बोलाइएको छ । उनीसँगै केही सशस्त्र प्रहरी अधिकारीलाई पनि सिरहाबाट बाहिनीमा तानिएको छ । सशस्त्र प्रहरी अधिकारी दोषी देखिए कारबाही हुने बताइएको छ ।



    उनको स्थानमा अहिले डीएसपी दिपेन्द्र थापालाई पठाइएको छ । यस्तै सशस्त्र प्रहरी बल माडर सिरहामा रहेका डीएसपी रामहरि खड्का पनि बाहिनी तानिएका छन् । सशस्‍त्र प्रहरी बलले सिरहाबाट करिब ८० लाख बराबरको लत्ताकपडा बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार