Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पर्सामा प्रहरीकै मिलेमतोमा तस्करी

    पर्सामा प्रहरीकै मिलेमतोमा तस्करी

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.8K
    SHARES

    पर्सा । वीरगञ्जको इनर्वागाउँ नाकाबाट प्रहरीकै मिलोमतोमा अवैध समानको तस्करी हुँदै आएको खुलेको छ । अस्थाई प्रहरी पोष्ट इनर्वागाउँका इन्चार्जसँगकै सेटिङमा तस्करी हुने गरेको स्थानीयबासीले आरोप लगाएका छन् । उनीहरुले प्रहरीले तस्करहरुसँग हप्ता असुलीदेखि महिनावारी समेत असुल्ने गरेको पनि दाबी गरेका छन् ।

    प्रहरीकै सेटिङमा तस्करी भएका कारण अवैध सामानहरुको ओसारपसार तिब्र भएको छ । इनर्वागाउँलाई कपडा तस्करीको केन्द्र पनि मानिन्छ । उक्त नाका हुँदै नेपालबाट स्याउ, मदिरा, सुपारी, मरिच, अलैंची, र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु तथा भारततर्फबाट भन्सार छलेर ल्याइने कस्मेटिक र खेलकूदका सामग्रीहरु, ईलेक्ट्रोनिक पार्ट्स, लत्ताकपडा, भारतीय ब्रान्डका सुर्तीजन्य पदार्थ, चिनी, तेल, चामल, स्पेयर पार्टस्, कुखुरा र अन्डालगायत विभिन्न वस्तुको तस्करी हुँदै आएको छ ।



    अस्थाई प्रहरी पोष्ट इनर्वागाउँका इन्चार्ज असई केबी गुरुङकै संरक्षणमा तस्करहरुले रातमा मात्र नभई दिनदहाडै भन्सार छलेर सामान ओसार पसार गर्दै आएका छन् ।



    गुरुङ्गकै संरक्षणमा तस्करीको लाईन पाउनेहरुमा कपडा तस्कर हरेन्द्र पटेल, मूख्तार, मुना आलम, ओकील मिया, सुरेन्द्र र नरेश दास तथा किराना समाना ओसार पसार गर्ने बेचु, जयलाल यादव, मुना आलम, समूख तथा साईकल ग्रूपमा आकाश, तबारक मिया, रवि शर्मालगायत रहेका छन् ।

    त्यसैगरी पिकअप र टेम्पुबाट कपडा र हार्डवयरका सामानको तस्करी गर्दै आएका काका, शर्मा जी तथा राजकुमारलगायत धेरै तस्करहरु रहेका छन् । असई गुरुङले तस्करीको लाईन मिलाईदिएबापत आर्थिक लाभ लिने गरेकाे स्राेतकाे दाबी छ ।

    नाकाबाट खुलमखुल्ला रुपमा तस्करी भइरहँदा पनि जिल्ला प्रहरी कार्यालय मौन बस्दै आएको छ । सीमावर्ती रक्सौलबाट ल्याइएका सामान भन्सार छलेर इनर्वागाउँ हुँदै रातको समयमा नेपाल भित्र्याइरहेको अवस्थामा भिडियो खिचेका पत्रकार सन्तोष यादवको घर तस्कर समूहले भदौ २१ गते सोमबार बिहान घेराउ गरेको थियो । जसबाट पनि तस्करी हुँदै आएको प्रमाणित हुन्छ । तस्करहरु घर घेराउ गरेपछि यादवले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार