Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शसस्त्र र नेपाल प्रहरीकै सेटिङमा यसरी हुन्छ रक्सौल नाकाबाट तस्करी

    शसस्त्र र नेपाल प्रहरीकै सेटिङमा यसरी हुन्छ रक्सौल नाकाबाट तस्करी

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.9K
    SHARES

    पर्सा । सिमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरी बल र नेपाल प्रहरीकै सेटिङमा भारतबाट अवैध रुपमा लत्ताकपडा लगायत खाद्यान्न तथा हार्डवेयरका सामानहरुको तस्करी हुँदै आएको छ । नेपाल भारतको खुल्ला सीमानाकाको फाइदा उठाउँदै प्रहरीले नै सेटिङ मिलाइदिएपछि व्यापारीहरुले राजश्व छली गरी तस्करी गर्दै आएका छन् ।

    अहिले भारतसँग जोडिएको वीरगञ्जको इनार्वा, रक्सौल, छपकैया, अमरपट्टी लगायतका ठाउँबाट निर्वाध रुपमा कपडाको तस्करी भइरहँदा समेत प्रहरी प्रशासन मौन बस्दै आएको छ ।



    रुन्चे भन्ने मदन गुप्ता र मदन यादवले शसस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सेटिङमा निर्वाध रुपमा कपडाको तस्करी गरिरहेका छन् । उनीहरुले पछिल्लो समय पर्साको झौवागुठ्ठी र छपकैया नाकाको प्रयोग गरी करोडौंको कपडा नेपाल भित्र्याएको खुलिसक्दा पनि उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन । गुप्ता र यादवलाई प्रहरी प्रशासनले नै जोगाउँदै आएको देखिन्छ ।



    गुप्ताले आफैले तस्करी गरेको स्वीकारेको सार्वजनिक भइसक्दा पनि प्रहरी प्रशासन र सम्बन्धित निकायले कारबाही गर्न सकेका छैनन् ।

    आफूले तस्करी गरिरहेको कुरा ठाडै स्वीकार गरिसकेका मदन गुप्तालाई सम्बन्धित निकायले हालसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन। उनले अझै पनि छुट्टाछुट्टै नाकाको प्रयोग गरी तस्करी गरिरहेका छन् ।

    प्रहरीको सेटिङमा कसरी तस्करी हुन्छ भन्ने पछिल्लो उदाहरण चितवनबाट बरामद भएको कपडाले पुष्टि गर्दछ । फागुन ११ गते राती २ बजे प्रहरीले पूर्वी चितवनको खैरहनी पर्सा बजारबाट ८६ पोका कपडा बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले चारवटा ट्रकमा ल्याइएको करिब डेढ करोड बराबरको कपडा बरामद गरेको हो । फलामको छड ढुवानी गरेको ट्रकमा लुकाएर ल्याएको अवस्थामा बरामद गरेको थियो।

    जवकी विरगञ्जबाट चितवन आइपुग्दा शसस्त्र र नेपाल प्रहरीका गरी १० वटा नाका पार गर्नुपर्ने हुन्छ । शसस्त्रका पाँचवटा र नेपाल प्रहरी खटिएको पाँचवटा नाका पार गरेपछि चितवन आइपुग्छ । तस्करहरुले सजिलै १० वटा नाका कटाउँदै आउँदा समेत सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन् । अर्को अचम्म लाग्दो कुरो त बल्लतल्ल बरामद भएका तस्करीका सामान राजश्व अनुसन्धान विभाग पथलैयामा पठाउनु पर्नेमा प्रहरीले नै विरगञ्ज भन्सार कार्यालय पठाएर तस्करलाई जोगाउने काम गर्दै आएको छ ।

    प्रहरीले तस्करसँगको सेटिङमा विगो कम गराउन भन्सार पठाउने गरेको स्रोतको दावी छ । तस्करीसँग संलग्न व्यक्तिहरुलाई राजश्व चुहावट ऐन अनुसार कारबाही गर्नुपर्नेमा प्रहरीले नै भन्सारमा पठाएर उन्मुक्ति दिन खोजेको विभागकै एक कर्मचारीले बताए ।

    बरामद भएका सामानहरु राजश्व अनुसन्धान विभागमा पठाएको खण्डमा तस्करहरुलाई राजश्व चुहावट ऐन २०५२ अन्तर्गत कारबाही हुन्छ र विगो बढी तिर्नुपर्ने हुन्छ । तर, प्रहरीले विगो कम तिराउन भन्सार कार्यालयमा पठाउने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार