Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दशैंको मुखमा तस्करहरु सक्रिय, नम्बर नखुलेको बाइकमा कपडा तस्करी

    दशैंको मुखमा तस्करहरु सक्रिय, नम्बर नखुलेको बाइकमा कपडा तस्करी

    अनलाइन नेपाल
  • शनिबार, १६ असोज २०७८
  • 1.4K
    SHARES

    पर्सा। सीमा प्रहरीले नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–२ भक्सीपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको कपडा बरामद गरेको छ ।

    सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ नम्बर नखुलेको मोटरसाइकलमा ल्याउँदै गरेको ३ लाख १६ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको कपडाहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।



    यद्यपी प्रहरीले तस्करीमा संलग्न व्यक्तहरुलाई भने पक्राउ गर्न सकेन । मोटरसाइकलमा सवार तस्करीमा संलग्न व्यक्तिहरु कपडाहरू सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले कपडामात्र हिजो बरामद गरेको हो ।



    बरामद भएका कपडामध्ये अधिकांश कुर्ता सुरुवाल रहेको प्रहरीले जनाएको छ । बरामद सामान भन्सार कार्यालाय महेशपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार