Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एनआरएन दुवईमा अध्यक्ष कुमार पन्तको आतंक, निर्वाचन नै रोकियो

    एनआरएन दुवईमा अध्यक्ष कुमार पन्तको आतंक, निर्वाचन नै रोकियो

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । गैर आवासिय नेपाली संघका अध्यक्ष कुमार पन्तले आफ्नो स्वार्थ पूर्तिका लागि गैर आवासिय नेपाली संघ युएईको निर्वाचन नै रोकेको खुलासा भएको छ । जुलाई अन्तिमसम्ममा निर्वाचन गर्नुपर्ने भएपनि पन्तकै कारण निर्वाचन हुन नसकेको दुवईका पदाधिकारीहरुको आरोप छ ।

    निर्वाचनका लागि पार्षद चयनदेखि निर्वाचन कमिटि समेत बनिसकेको अवस्थामा पन्तले निर्वाचन कमिटिलाई नै बाध्यात्मक रुपमा राजिनामा गर्न लगाएर अहिलेलाई निर्वाचन नै टारेको भन्दै विरोध शुरु भइसकेको छ ।



    निर्वाचन नहुने भएपछि एनआरएनए दुवईका सम्पूर्ण सदस्यहरु चिन्तित बनेका छन् । पन्त केन्द्रीय महाधिवेशनसम्म कुनै पनि हालतमा निर्वाचन हुन नदिने दाउमा लागेको सदस्यहरुको आरोप छ । अहिले निर्वाचन भएमा नयाँ कमिटि बन्ने र त्यसले केन्द्रीय महाधिवेशनमा आफ्नो अस्तित्व नै नहुने देखेपछि पन्तले विभिन्न वहानाबाजी बनाएर निर्वाचन नै रोकेका हुन् ।



    संघको समयमै निर्वाचन गराएर कमिटिलाई पूर्णता दिनुपर्नेमा केन्द्रीय अध्यक्षले नै निर्वाचन नगराउने मनस्थित बनाउँदा निर्वाचन रोकीएको भन्दै सदस्यहरु भने आक्रोशित बनेका छन् । एनआरएनए दुवईका सदस्यहरु अहिले अध्यक्ष पन्तले गरेको उक्त निर्णय बदर गराउन कानुनी प्रक्रियामा जाने तयारीमा रहेको समेत बताइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार