Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भरतपुर विमानस्थलमा कसरी भयो आगलागी ?

    भरतपुर विमानस्थलमा कसरी भयो आगलागी ?

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 1.6K
    SHARES

    भरतपुर । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

    विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो ।



    त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको शर्माले जानकारी दिए ।



    आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए ।

    क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए । विद्युत् चुहावट कसरी भयो भन्ने बारेमा प्राबिधिक टोलीले छानविन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार