Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजनीतिक शक्तिका आडमा बनेका विमानस्थल हवाई दुरी मापदण्डभन्दा कम

    राजनीतिक शक्तिका आडमा बनेका विमानस्थल हवाई दुरी मापदण्डभन्दा कम

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 285
    SHARES

    काठमाडौँ । राजनीतिक शक्तिका आडमा कानुन मिचेर निर्माण गरिएका केही विमानस्थलको हवाई दुरी तोकिएको मापदण्डभन्दा कम रहेको पाइएको छ ।

    राष्ट्रिय हवाई नीतिले हिमाली तथा पहाडी क्षेत्रमा कम्तीमा २० नटिकल माइल र तराई तथा भित्री मधेशमा कम्तीमा ४० नटिकल माइल हवाई दुरीमा मात्रै विमानस्थल निर्माण गर्न मिल्ने व्यवस्था गरेको छ । तर सम्भाव्यता अध्ययन नै नगरी मापदण्ड मिच्दै ती विमानस्थल निर्माण गरिएका छन् ।



    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार राष्ट्रिय हवाई नीति, २०५० अघि र त्यसपछि निर्माण भएका दुई दर्जनभन्दा बढी विमानस्थलको हवाई दुरी तोकिएको मापदण्डभन्दा कम रहेको पाइएको छ ।



    २०५० सालअघि सडक यातायात नपुगेका र जनताको सहज पहुँचका लागि निर्माण गरिएका विमानस्थल सञ्चालन नहुनुको मुख्य कारण सडक यातायातको पहुँच, छोटो धावन मार्ग र साना जहाजको कमी तथा महँगो हवाई भाडा मात्रै नभई नजिकका हवाई दुरीका कारण पनि उपयोगमा आउन सकेका छैनन् ।

    नजिकका हवाई दुरीलगायतका कारण उपयोगमा आउन नसकेका विमानस्थलमध्ये केही विमानस्थलको जम्मा हवाई दुरी छदेखि २७ नटिकल माइल छ । जसमध्ये १२ वटा विमानस्थल राष्ट्रिय हवाई नीति लागु भएपछि निर्माण भएको प्राधिकरणले जनाएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार